१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


स्वास्थ्यकर्मी र विरामीमा कोरोना संक्रमण देखिएपछि सिनामंगलको केएमसी अस्पताल बन्द


0
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) अनिश्चितकालका लागि बन्द भएको छ ।

अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीले जानकारी दिए ।

कोरोना पुष्टि भएका विभागहरुमा निर्मलिकरण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालकले जनाएको छ ।