१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


धनुषामा २७ जना संक्रमित उपचारबाट बञ्चित


0
Shares

जनकपुर, जेठ १६ । धनुषामा उपचारका लागि आइसोलेशन बेडको आभाव भएपछि संक्रमितलाई क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनको अभाव हुँदा २७ जना संक्रमित उपचारबाट बञ्चित भएका छन् । उनिहरुलाई सम्वन्धीत क्वारेनटाईन तथा होम क्वारेनटाईनमा राखिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरत पोखरेलले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा ४२ बेड भएपनि कोरोना संक्रमितका लागि ३० वटा मात्र छुट्याइएको छ ।

२ नंबर प्रदेश मा ४ सय ९६ जना संक्रमित भएका छन् । यता, संक्रमित बढ्दै गएपछि जिल्लामा आइसोलेशन बेड थप्ने तयारी गरिएको छ ।