१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


रौतहटमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, जेठ १६ । रौतहटमा शुक्रबार एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

राजपुर नगरपालिकामा ३३, ईशनाथ नगरपालिकामा १५, मौलानापुर नगरपालिकामा छ र बौधीमाई नगरपालिकाका थप दुईजनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

विभिन्न ‘क्वारेन्टाइन’मा बसेकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिएको जानकारीअनुसार शुक्रबार थपिएका संक्रमितहरु चारओटै नगरपालिकाका क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

योसँगै रौतहटमा संक्रमितको संख्या १८१ जना पुगेको छ । तीनजना निको भइ यसअघि नै ‘डिस्चार्ज’ भइसकेका छन् ।

संक्रमितहरु सबैजना भारतबाट आएकाहरु भएका बताइएको छ ।

उनीहरु भारतबाट आउनासाथ सम्बन्धित नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको जनाइएको छ ।