
दाङ, जेठ १६ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालबाट शुक्रबार आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’ भएका छन् ।
निको भएर घर जानेमा कपिलवस्तुका चारजना, बाँके, नरैनापुरका तीनजना र दाङको गढवाका एकजना रहेका छन् ।
अहिले अस्पतालमा ३७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्