१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


भारतबाट फर्कने क्रममा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ


0
Shares

अर्घाखाँची, जेठ १५ । भारतबाट फर्कने क्रममा बसमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका कृष्ण बहादुर गैरेको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

उनको एक हप्ता अघि भारतको लखनउबाट फर्कदै गर्दा मृत्यु भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

३४ वर्षिय गैरेको साथमा भुमिकास्थान नगरपालिकाका मात्र २७ जना यात्रु रहेको बताएको छ ।

उनीहरु नगरपालिकाको क्वारेन्टाइनमा छन । उनको शव जिल्लासम्म लिएर आएका ३ जना पनि क्वारेन्टाइनमा रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।