१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कोरोना रोकथाम तथा उपचारको लागि अर्थमन्त्रीले छुट्याए ६ अर्ब


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले कोरोनाभाइरस (कोभिड(१९) रोकथाम र उपचारको निम्ति ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए ।

त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ शय शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने छ । काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने छ ।

यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ । यस्तै पोखरा, कोशी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ ।