१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो


0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

शुक्रबार साँझ मात्र मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।