१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


थप ९ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, जेठ ९ । मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।

थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।

योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।