Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रामेछापको मन्थलीमा रहेको लक्ष्मी आयल स्टोर्स सिल


0
Shares

रामेछाप । रामेछापको मन्थलीमा रहेको लक्ष्मी आयल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

बिहीबार साँझ प्रशासकीय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले उक्त स्टोर्सलाई सिल गरेको हो ।

आयल स्टोर्सले मिसावट गरेर पेट्रोल बिक्री गरिरहेको र काउण्टर सञ्चालकको व्यवहार पनि पारदर्शी नहुने गरेको लगायतका सूचनाका आधारमा  पेटोल पम्पमा सिल गरिएको जानकारी प्रशासनले गराएको छ ।