१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु


0
Shares

वीरगन्ज, जेठ ८ । वीरगन्जको गण्डक अस्पतालले बिहीबारदेखि नारायणी अस्पतालको शाखाको रुपमा कोरोना संक्रमितको उपचार सुरु गरेको छ ।

गण्डक अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।

वीरगन्जमा संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको उपचारका लागि ठाउँ अभाव हुन थालेपछि सम्झौता गरेको एक महिनापछि गण्डक अस्पतालमा संक्रमितको उपचार सुरु भएको हो ।

सिद्धार्थ माविमा बनाइएको ‘सेमी–आइसोलेसन वार्ड’मा राखिएका २५ जना संक्रमितलाई गण्डक अस्पतालमा लगिएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायकै नेतृत्वमा र नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार थालिएको हो ।