१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ


0
Shares

अर्घाखाँची, जेठ ८ । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा बिहीबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । शिक्षकको भने बिहीबारनै निधन भएको छ ।

ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष  यहाँ उपचार सम्भव नभएपछि यही जेठ १ देखि  रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए ।

बिहीबार कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा त्रास हटेको छ । रासस