१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै, अस्पताल शिल


0
Shares

बुटवल, जेठ ५ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

जेठ १ गते जन्डिसले थलिएर आएका अस्पताल आइपुगेका उनलाई शुरुमा आईसियुमा राखेर उपचार गरिएको तर अवस्थामा सुधार नभएपछि २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय उनलाई कोरोना संक्रमणको पुष्टि सोमबार भएको हो । जन्डिसले थलिएर आएका उनको रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।

अस्पतालमा उपचाररत व्यक्तिमा कोरोना देखिएपछि अहिले अस्पताललाई शिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी पनि थालिएको छ ।