Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्टीङ कीट उपहार


0
Shares

काठमाडौं। भारतले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट उपहारस्वरुप उपलव्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पीसीआर टेस्टीङ कीट उपलव्ध गराएका हुन् ।

भारत सरकारको तर्फबाट उपलव्ध गराइएका प्याथोडिटेक्ट कोभीड १९ क्वालिटेटीभ आरटी पीसीआर टेस्ट कीट भारतको पुनेस्थित माइ ल्याबले उत्पादन गरेको हो। 

पीसीआर टेस्टीङ कीटको अभाव भइरहेको बेला भारतले उपलव्ध गराएको कीटले परिक्षणमा धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पीसीआर कीट बुझ्दै मन्त्री ढकालले आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिएका थिए । 

 

Skip This