१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मनमोहन र गंगालाल अस्पतालमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गरिने


0
Shares

काठमाडौं, जेठ २ । सरकारले मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्या भण्डारीले मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने बताएकी हुन् ।

यसैगरी सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालबाट उपलब्ध विशिष्टकृत स्वास्थ्यसेवाको विस्तार र स्तरोन्नति गर्ने पनि जनाएको छ ।

यस्तै, नेपालभर जुनसुकै स्थानबाट ३ अंकको टेलिफोनमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि सरकारले कार्यक्रम ल्याएको छ ।