
बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २ । धनगढीमा ‘आरटी–पीसीआर मेसिन’मार्फत् कोरोना परीक्षण सुरु भएको ३४ दिनमा ८८० नमुना परीक्षण भएको छ ।
संघीय सरकारले गएको वर्षको चैत २६ गते आरटी–पीसीआर मेसिन धनगढी पठाएको थियो ।
मेसिन धनगढीस्थित पशुपक्षी रोग अन्वेशण प्रयोगशालामा जडान गरिएपछि चैत २९ गतेदेखि परीक्षण सुरु भएको हो ।
परीक्षण सुरु भएको ३४ दिनमा ८८० जनाको नमुना परीक्षण गरिएकोमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रयोगशालामा १९२ जनाको ‘थ्रोट स्वाब’को नमुना मौज्दात रहेको छ । उक्त नमुना शुक्रबार (आज) परीक्षण गरिँदै छ ।
सुरुआतदेखि नै आरटी–पीसीआर मेसिनमार्फत् क्षमताअनुसार परीक्षण भने हुन सकेको छैन ।
केही दिनअघिसम्म औसतमा दैनिक २० जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । पछिल्ला केही दिनयता दैनिक १०० जनाको नमुना परीक्षण भइरहेको प्रयोगशालाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्