
बागलुङ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि गलकोट क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ तीव्र बनाइएको छ ।
उनीहरु बसोबास गरेको र काम गर्ने ठाउँका गरि सय जनाको स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
जिल्ला कमाण्ड पोस्टले जिल्लाभरका सबै सीमा नाका र बजारमा लकडाउन प्रभावकारी बनाउन थालेको छ भने गलकोट नगरपालिकाले सीमा सिल गरेको छ ।
पर्सा गएको १७ दिनपछि मजदुरहरुमा कोरोना पुष्टि भएको थियो । बागलुङका दुई जना कोरोना संक्रमित भने उपचार पछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्