२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर छली मुद्दामा फसिन् शकिरा : स्पेनी अभियोजकले माग गरे ८ वर्षको जेल सजाय


1.001k
Shares

एजेन्सी । कोलम्बियाली पप गायिका शकिरा फेरि पनि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीत वा कुनै प्रेमको कारण नभई कर छलीको आरोपका कारण चर्चामा आएकी हुन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ ।

अन्तर्राष्ट्रिय समाचारका अनुसार गत मेमा बार्सिलोनाको एक अदालतले आरोप खारेज गर्न गायिकाको अपिल अस्वीकार गरेको थियो । यसपछि अभियोजनकर्ताले शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल र २४ मिलियन डलर जरिवाना माग गरेका हुन् ।

तर, अहिलेसम्म अदालतबाट मुद्दाको मिति पनि दिइएको छैन । उनले भनिन् ‘म निर्दोष छु र अब यो मुद्दा अदालतमा जान दिनुहोस् । कर छलीका सबै आरोपमा म त्यहाँ आफ्नो निर्दोषता प्रमाणित गर्नेछु । मैले कुनै पनि प्रकारको कर छलेको छैन ।’

शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा लागेको थियो थियो । त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीका करिब १५ करोड ५० लाख डलर अर्थात १२० करोड रुपैयाँ जम्मा नगरेको आरोप लगाएका थिए । यस मामिलामा शकिरा पनि २०१९ को जुनमा अदालतमा हाजिर भइन् ।

उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।