२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


काठमाडौं र कपिलबस्तुमा दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो


0
Shares

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । आज (विहीबार) २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुकी ६ बर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।