२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सुनसरीबाट आएकी भक्तपुरकी संक्रमित लिन गएका कर्मचारी र चालक ‘आइसोलेसन’मा


0
Shares

काठमाडौं, वैशाख ३१ । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार ‘सिल’ गरिएको छ ।

सो प्रतिष्ठनमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठान सिल गरिएको हो ।

यही वैशाख २९ गते सुनसरीबाट उपत्यकामा आएकी उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुरमा बस्दै आएकी उनलाई लिन अस्पतालमा काम गर्ने एक कर्मचारी र एम्बुलेन्स चालकसमेत गएका थिए ।

अस्पतालका अन्य ‘स्टाफ’मा पनि संक्रमण हुने त्रासले सिल गरिएको हो ।

निदान र आरोग्य अस्पतालसँगै भएका कारण निदान अस्पतालसमेत सिल गरिएको छ ।

ती युवतीलाई लिन गएका एक कर्मचारी र एम्बुलेन्स चालक भने पाटन अस्पतालमा ‘आइसोलेसन’मा रहेका बताइएको छ ।

उनीहरुको सम्पर्कमा आएका ३८ जनाको स्वास्थ्य परीक्षण गरिने भएको छ ।