१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नर्भिक हस्पिटललाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन


0
Shares

काठमाडौं, बैशाख २९ । स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा रु ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि रु. एक हजार २५० र बहिरङ्ग सेवाका लागि रु पाँच सय लिँदै आएको थियो ।

लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर रु. ७५० लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए ।

रु. एक हजार २५० बाट ७५० मा झारिएको वा रु पाँच सयबाट रु सात सय लिएका विषयमा लिखित जवाफ माग गरिरएको उनले जानकारी दिए । रासस