
दाङ, बैशाख २८ । दाङको तुलसीपुर रक्षाचौरमा रहेको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याह बच्चा जन्माएकी छिन ।
तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले जुम्ल्याहा बच्चा जन्माएकी हुन ।
शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना भएकी उनले आज जुम्ल्याहा छोरीको जन्माएकी तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
आमा र दुबै बच्चा स्वस्थ रहेपनि बच्चाको तौल कम भएकाले बच्चालाई एनआइसियुमा राख्नुपरेको हुँदा तुलसी बाल अस्पतालका लगिएको छ ।
यादवको र्यापिड टेस्ट रिपोर्टे नेगेटिभ आएको र पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्