१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कोरोनाबाट ७८ जना गैरआवासीय नेपालीको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २८ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

कोरोनान भाइरसका कारण यो हप्तामात्रै थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् ।

यस्तै, नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभएको छ ।

संक्रमितमध्ये २ हजार भन्दा बढी निको भएको अनुमान समितिले गरेको छ ।