Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘परीक्षणको दायरा बढाउनुपर्छ’


0
Shares

काठमाडौं, वैशाख २५ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले परीक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमितको दर बढ्नसक्ने बताएका छन् ।

हामीसँग कुरा गर्दै उनले धेरैभन्दा धेरै व्यक्तिको परीक्षण नगरी जोखिम कम भयो भन्न नसकिने बताए ।

नेपाल चिकित्सक संघ सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्दै उनले चिकित्सकलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु भने उपलब्ध गराउनुपर्ने बताए ।

‘पीपीई’ प्रयोगलगायतका सुरक्षात्मक विषयमा चिकित्सकहरुलाई अनलाइन प्रशिक्षण दिन सुरु गरेको भन्दै डा. कार्कीले धेरैभन्दा धेरै व्यक्तिहरुको ‘पीसीआर’ परीक्षण गरिनुपर्ने बताए ।

उनले ‘परीक्षण किट अभावका कारण विभिन्न स्थानमा परीक्षण रोकिनु दुःखद् हो’–भने ।