२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


स्वास्थ्य सामग्री ल्याउन अझै एक साता लाग्छ : सेना


0
Shares

काठमाडौं, वैशाख २४ । नेपाली सेनाले कोरोनाभाइरसको उपचारमा प्रयोग हुने मेडिकलजन्य सामग्री ल्याउन अझै केही दिन लाग्ने जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हवाईमार्ग र स्थलमार्गबाट ल्याउने ३७ टन सामग्रीको प्रक्रिया अघि बढिसकेको भन्दै अबको एक हप्ताभित्र स्वास्थ्य सामग्री नेपाल आइपुग्ने जानकारी दिए ।

चीनमा मे दिवसको अवसरमा पाँच दिन सरकारी बिदा परेका कारण सामान ल्याउन नसकिएको भन्दै अब प्रक्रिया अघि बढ्ने बताए ।

हवाईमार्गबाट ल्याउँदा भन्सार प्रक्रियाका लागि ७२ घन्टा समय लाग्ने र विमानस्थलमा सामान ल्याउन लाइन रहेका कारण केही समय लम्बिने प्रवक्ता पाण्डेले बताए ।

स्थलमार्गबाट आउने सामान यही वैशाख २२ गते हिँडिसकेको भन्दै प्रवक्ता पाण्डेले त्यो सामान अबको एक हप्तापछि आइपुग्ने बताए ।

यस्तै, बुधबार हिँडेको अर्को कन्टेनर अबको ९ दिनपछि आइपुग्ने उनले बताए ।

सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर बराबरको मेडिकलजन्य सामग्री ल्याउँदै छ । जसमा किट, रिएजेन्ट, मास्कलगायतका सामग्रीहरु रहेका छन् ।

परीक्षण किट र रिएजेन्ट नहुँदा हाल धेरै स्थानमा भने परीक्षण रोकिएको छ ।