२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


बझाङमा कोरोना परीक्षण गर्ने किटको अभाव


0
Shares

बझाङ, वैशाख २४ । बझाङमा कोरोनाभाइरसको परीक्षण गर्ने किटको अभाव भएको छ ।

बाहिरी जिल्ला र भारतबाट आएका ५९५ जनाको कोरोना परीक्षण गर्नका लागि स्वास्थ्य सामाग्री अभाव भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’मै राखिएको छ ।

उनीहरुको ‘र्‍यापिड टेस्ट’ गर्नका लागि किटको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

बझाङमा प्राप्त ११ सयमध्ये हाल ६० ओटामात्र र्‍यापिड टेस्ट किट बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले बताए ।

जिल्लामा ८६४ जनाको र्‍यापिड टेस्ट र ७१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जनाइएको छ ।