२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


दुबईमा अर्घाखाँचीका एकजनाको कोरोनाबाट मृत्यु


0
Shares

अर्घाखाँची, वैशाख २४ । यूएईमा कार्यरत् अर्घाखाँचीका दुईजनाको मृत्यु भएको छ । दुईमध्ये एकको कोरोनाको कारण मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–८, नुवाकोट, च्युरामाटीका युवराज गैरे हुन् ।

दुबईमा १५ वर्षदेखि कार्यरत् ४७ वर्षीय गैरेको वैशाख २१ गते कोरोनाको कारण मृत्यु भएको बताइएको छ ।

स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई उनीसँगै बस्ने छिमेकीले अस्पताल पुर्‍याएका थिए ।

उनको कोरोनाभाइरसको कारण मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको परिवार स्रोतले बताएको छ ।

अर्का आबुधाबीमा कार्यरत् सन्धिखर्क नगरपालिका वडा नम्बर–६, जगताका सुशील भट्टराईको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।