२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


‘अल्कोहल सेवन नगर्नोस्’, देशभर १२० जना ‘आइसोलेसन’मा


0
Shares

काठमाडौं, वैशाख २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘लकडाउन’को समयमा बढी अल्कोहल सेवनका कारण मृत्यु हुने र बिरामी पर्नेको संख्या बढेको भन्दै अल्कोहल सेवन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले घरमा बसेर अल्कोहल सेवन गर्नेहरुको संख्यासमेत बढिरहेकोले त्यसले थप समस्या ल्याउने बताए ।

यस्तै, प्रवक्ता डा. देवकोटाले हालसम्म ‘पीसीआर’बाट १३ हजार ८५० जनाको र ‘आरडीटी’बाट ५२ हजार २२७ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

देशभर १२० जना ‘आइसोलेसन’कक्षमा रहेका छन् भने २१ हजार ९९ जना ‘क्वारेन्टाइन’मा रहेको पनि उनले जानकारी दिए ।

नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै डा. देवकोटाले देशभर ६६ जनाको उपचार भइरहेको जानकारी दिए ।

भिडियो हेर्नोस्