३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सप्तरीमा उपभोग्य वस्तुको कालोबजारी


0
Shares

सप्तरी, बैशाख २२ । दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज हुन नसक्दा सप्तरी जिल्लामा कालोबजारी बढेको छ ।

माग अनुसार सामानहरु आयात नभएको भन्दै पसलेहरुले उपभोक्ताबाट चर्को मूल्य असुली गर्ने गरिएको पाइएको हो ।

दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुट लगायतका सामानहरु बढी मूल्यमा खुलेयाम बिक्री भइरहेको छ ।

लकडाउनका कारण केही मात्र पसल खुल्ने गरेकोले उपभोक्ताहरु महँगोमा सामान खरिद गर्न बाध्य भएका छन् ।

थोकमा सामान खरिद गर्ने बेलामै साबिकको मोलमा थपेर लिने गरेकोले खुद्रा बिक्री गर्दा महँगोमा बेच्नुपरेको व्यवसायीहरु बताउछन् ।