
उदयपुर । उदयपुर कोरोना भाइरसको पर्याप्त नमूना परीक्षण हुन सकेको छैन ।
त्रियुगा नगरपालिकाको भुल्केमा २ महिलासहित २८ जनामा कोरोना संक्रमण भएको पुष्टि हुँदासमेत छिमेकी कसैको पनि नमूना स्वाब संकलन तथा परीक्षण हुन सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले पीसीआरबाट ४ सय ९० जना पुरुष र १ सय ८० जना महिलाको नमूना संकलन भएको र आरडिटी विधिबाट २ सय ३६ पुरुष ३६ महिलामा परीक्षण गरिएको जनाएको छ ।
उदयपुरमा ८० जना सम्भावित संक्रमित र क्वारेन्टाइनमा ३७ महिला र १ सय ५४ पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएको क्षेत्रमा न्युनतम ३ हजारको नमूना स्वाव संकलन गरिनुपर्ने त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए ।
उनले स्वाब परीक्षणमा उदसिनता देखिएको भन्दै सबैको स्वाब परीक्षणको मागसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्