रसुवा । रसुवामा सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरिएको छ ।
लकडाउनको समयमा जिल्ला बाहिर अलपत्र परेका रसुवावासीको व्यवस्थापनका लागि सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरिएको हो ।
क्वारेन्टाइनमा रहेका गर्भवती, बालबालिका तथा वृद्धवृद्धालाई दैनिक रुपमा प्रयोग हुने सामग्री छुट्टाछुट्टै प्रदान गरिने छ ।
गोसाँईकुण्ड गाँउपालिकाले धुन्चेमा निमार्ण गरेको क्वारेन्टाइनमा छुट्टाछुट्टै वाइफाइ, स्वच्छ पीउने पानी, सुविधा सम्पन्न शौचालयको व्यवस्था र खानपानको राम्रो प्रबन्ध मिलाइएको छ ।
त्यसैगरी शरीरको तापक्रम मापनका लागि छुट्टा छुट्टै डिजिटल थर्मोमिटर समेत उपलब्ध गराएको छ ।
जिल्लाको उत्तगया, कालिका, आमाछोदिङ्मो तथा गोसाँईकुण्ड गाँउपलिकाले निर्माण गरेका क्वारेन्टाइनमा महिला, बालबालिका, वृद्धवृद्धा गरी दुई सय २२ जनालाई राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्