
म्याग्दी । बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ ।
कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्यानिटाइजर टनेल जडान गरिएको हो ।
टनेलभित्र मानिस पस्ने बित्तिकै सेन्सरले स्यानिटाइजर गर्ने व्यवस्था मिलाइएको छ ।
एक जनालाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुने प्रोगेसिभ इञ्जिनियर एशोसियसन अफ नेपाल,म्याग्दीका अध्यक्ष कृष्ण रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्