
कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजेटिभ आएको छ ।
२८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय महिलाको पछिल्लो पटक गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका सूचना अधिकृत दिलीप कुमार श्रेष्ठले चैत २२ गते संक्रमण पुष्टि भएकी ती महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएपनि अबस्था सामान्य रहेको जानकारी दिए ।
दुबईबाट आएका देवरबाट ती महिलामा संक्रमण सरेको आशंका गरिएको छ । उनका देवर भने उपचार पछि निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्