२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या एक सय ५७ पुग्यो


0
Shares

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसंगै त्यहा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । एकै ठाउँमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अरुमा फैलिएकाले नेपालीहरू असुरक्षित बन्न पुगेका छन् ।

अहिले बहराइनमा ठूला परियोजनामा काम भइरहेको छ । कतिपय कामदार भिसा अवधि सकिएर पनि स्वदेश फर्किन सकेका छैनन् ।

बहराइनमा करिब ३५ हजार नेपाली श्रमिक रहेको अनुमान छ । बहराइनमा हालसम्म कोरोनाका एक हजार पाँच सय ३४ जना संक्रमित छन् भने आठ जनाको मृत्यु भएको छ ।