रोल्पा । त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विस्फोट हुँदा चार बालबालिको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो बेलुका बालबालिकाले बेवारिसे बम खेलाउने क्रममा विष्फोट भएको रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेका हुन । मृत्यु हुनेमा १४ बर्षीय लोकीराम डाँगी, ११ बर्षीया विमला खत्री, १३ बर्षीय गौरव नेपाली र ५ बर्षीय विजय खत्री रहेका छन् ।
विगतमा सशस्त्र द्वन्द्वका बेला माओवादी वा सुरक्षाकर्मीले छाडेको बम बालबालिकाले भेट्टाएर खेलाउँदा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थल सदरमुकाम लिबाङबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ । गैरीगाउँमा प्रहरीले यसअघि पनि ठूलो मात्रामा हतियार, गोलीगठ्ठा र बम फेला पारेको थियो ।








प्रतिक्रिया दिनुहोस्