३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


गुणस्तरहीन र बढी मूल्यमा सामाग्री बिक्रि गरेको आरोपमा दुई पसललाई कारवाही


0
Shares

काठमाडौं, बैशाख १८ । गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई बिहीबार कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु. तीन लाख जरिवाना गरिएको जनाइएको छ । 

गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो । आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचनासमेत गरेको थियो ।

सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार बिहीबार नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु. दुई लाख जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ । रासस