
नारायणपुर, बैशाख १८ । लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार सात जना व्यापारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका पसल सञ्चालक रहेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।
पटक पटक सम्झाउँदा पनि अटेर गरेपछि पक्राउ गरिएको र तिनलाई लकडाउन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएपछि केही बेर इलाका प्रहरी कार्यालयमा राखेर छाडिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्