Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


ओलीलाई भेट्न बालकोट पुगे बामदेव


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहीबार बिहान भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न गौतम बालकोटस्थित ओली निवास जानुभएको थियो ।भेटमा आगामी निर्वाचनमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेट्नु भएको हो ।गौतमले ओलीपछि अरु नेतासँग पनि भेटवार्ता गर्नु हुनेछ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बस्नुभएको थियो ।

उहाँले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आउनुभएको छ ।