
म्याग्दी । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दीको सदरमुकाम बेनीको प्रवेशद्वार कालिपुलमा होलबडी सेनिटाइजर टनेल राखिएको छ ।
बेनी नगरपालिका–८ कालिपुलस्थित पक्की पुलको चेकपोष्टबाट प्रवेश गर्नेलाई लक्षित गरी सेनिटाइजर टनेल राखिएको हो ।
कोरोना भाइरसको संमणबाट बच्न देशका विभिन्न स्थानमा प्रयोग भएकाले यो प्रविधि अपनाइएको बताइएको छ ।
लायन्स क्लव बेनी पिस सिटी र मोना मकाउको आर्थिक सहयोगमा निर्मित टनेलमा जिल्ला बाहिरबाट आउनेको पूरै शरीरै सेनिटाइजेसन गरिन्छ ।
उक्त टनेलले स्वचालित रुपमा सेनिटाइजर छर्कने लायन्स क्लव पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बताउए ।
एक लिटर स्यानिटाइजरले १२ जनाको शरीरलाई सेनिटाइज गर्न सकिने प्राविधिक खत्रीको भनाई छ । प्रतिव्यक्ति होलबडी सेनिटाइजर गर्दा कम्तिमा १० सेकेण्ड लाग्छ ।
प्रतिक्रिया दिनुहोस्