Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गोलन्जोर गाउँपालिकाले पत्रकारको दुर्घटना बिमा गर्ने


52
Shares

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ ।

पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने समेत तयारी गरेको बताईएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, रेडियो पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजनलाई आवस्यक अनुदानको ब्यवस्था गरिने लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु संचार क्षेत्रमा उल्लेख गरिएको छ ।

सञ्चार पहुँचबाट बाहिर रहेका क्षेत्र पहिचान गरी आवश्यक स्थानमा टेलिफोन टावर विस्तारका लागि टेलिकम कम्पनीहरुसँग समन्वय गरिने, मुख्य-मुख्य स्थानहरु खनियाखर्क, खुर्कोट पुल, खुर्कोट बजार, ग्वालटार, देउरालीटार, हैवार च्याकुटार , किराँते, रानीखोला, कुभिन्डे र बगैँचा आदि स्थानमा नि:शुल्क इन्टरनेट सेवा प्रदान गरिने जनाईएको छ ।

साेही पालिकाले स्थानीय सञ्चार माध्यमहरुमार्फत पालिका भित्र रहेका धार्मिक पर्यटकीय स्थलहरुको प्रवर्द्धन, विकृति विसंगति र कुरीतिविरुद्ध जनचेतना जगाउने किसिमका लोककल्याणकारी सूचनाहरु प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाईने समेत उल्लेख गरिएको छ ।