२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित


0
Shares

काठमाडौं । विदेशमा करिब १२ सय नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएका छन् ।

 यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो ।

बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात मंगलबारसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।

संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गरेको दूतावासले जानकारी दिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।