२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


महाकाली अस्पतालमा नियमित खोप सेवा सुचारु


0
Shares

कञ्चनपुर, वैशाख १६ । कञ्चनपुरको महाकाली अस्पतालले नियमित खोप कार्यक्रम पुनः सुरु गरेको छ ।

कोरोनाभाइरसका कारण अस्पतालहरुमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्दा खोप सेवा पनि प्रभावित भएको थियो ।

तर, पछिल्लो समय स्थिति विस्तारै सामान्य हुँदै गएपछि अस्पतालले खोप सेवा सुरु गरेको हो ।

खोप सेवा बन्द हुँदा सयौं बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका थिए ।

जसका कारण मंगलबार पहिलो दिन अस्पतालमा खोप लागाउने बालबालिकाहरुको भीड लागेको थियो । भीडका क्रममा सामाजिक दूरी कायम गर्नुपर्ने मान्यता भने कायम भएको थिएन ।

उता, महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले ‘लकडाउन’का कारण एक महिनादेखि नियमित खोप सेवा बन्दा हुँदा बालबालिकालाई समस्या भएको भन्दै पालिकाहरुमा अझै खोप सेवा सुचारु नभएकाले अस्पतालमा भीड भएको बताए ।