२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि पोजेटिभ


0
Shares

कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि पोजेटिभ आएको छ ।

२५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब फेरी परीक्षण गरिने बताए ।

अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उनको मात्रै उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।