Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सिन्धुलीमा लागू औषध सहित एक पक्राउ


208
Shares

सिन्धुली । कमलामाई नगरपालिका–६ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीको टोलीले सिन्धुलीको तिनपाटन गाउँपालिका–१ ट्याम्केटार बस्ने हरि बहादुर ठकुरीलाई पक्राउ गरेको हो ।

लागू औषध कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली मुनामदन होटल एण्ड लजको चौथो तल्लामा रहेको १६ नं.कोठा गई खानतलासि गर्दा सोही कोठा बुक गरी बसेका ठकुरीको साथमा रहेको खैरो रङको साईडमा भिर्ने झोलाभित्र निटजाकियर १० ट्याब्लेट लेखिएको २७० पत्तामा जम्मा २७ सय ट्याब्लेट र इएएइ कम्पनिको सिमकार्ड सहितको मोबाईल थान १ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

लागू औषध सहित ठकुरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।