३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


धरानमा १ सय शैयाको कोरोना बिशेष अस्पताल


0
Shares

विराटनगर, बैशाख १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शैयाको विशेषे कोरोना अस्पताल तयार भएको छ ।

कोरोना संक्रमणको दर बढेसँगै प्रतिष्ठानमा अप्रेसन थिएटरसहितको सुविधा लेबल थ्री स्तरको छुटै कोरोना अस्पताल तयार भएका हो । प्रतिष्ठानले मंहाराजगंञ्जस्थित टिचिङ अस्पताल र नेपालगंञ्ज मेडिकल कलेज लेबल थ्रीको छुटै कोरोना अस्पतालसंगै धरानमा पनि थ्रीको छुटै अस्पताल निर्माण गरेको हो ।

कोरोना संक्रमण भएकाकोे उपचारका लागि प्रतिष्ठामा १३ शैय्याको आईसियुसहितको कोरोना अस्पतालमा तयार भएको हो । प्रतिष्ठानमा तयार पारिएको कोरोना अस्पतालमा बच्चा,गर्भवती,डाइलोशिसलगायत कोरोना संक्रमितलाई अप्रेशन गर्ने सेवा समेत प्रदान गर्ने ब्यबस्था रहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज प्रतिष्ठानको पुर्नस्थापना केन्द्रको भवनमा तयार पारिएको कोरोना अस्पतालको निरिक्षण गरे ।

पहिलो चरणमा १ सय बेडको अस्पताल तयार पारिए पनि आवश्यक परे थप ५ सय बेडसम्मको अस्पताल बनाउन सकिने प्रतिष्ठानले जनाएको छ ।