२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


रक्त क्यान्सरले मृत्यु भएकी वीरगञ्जकी युवतीको पिसिआर रिपोर्ट नेगेटिभ


0
Shares

काठमाडौं, वैशाख १४ । रक्त क्यान्सरले मृत्यु भएकी वीरगञ्जकी २३ वर्षीया युवतीको पिसिआर जाँचमा नेगेटिभ आएको छ ।

र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटकसम्म कोरोनाको एन्टिबडी देखिएको उनको पिसिआर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको हो ।

हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका हुन् ।

केही समयदेखि रक्त क्यान्सरकी विरामी उनी वैशाख ४ गते चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना भएर ९ गते डिस्चार्ज भएकी थिइन् । तर पछि फेरि श्वाासप्रश्वासमा समस्या आएपछि उनलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

अस्पतालमा दुई पटक र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पताल फेरि र्यापिड टेस्ट गरिएको थियो । उक्त समयमा पनि पोजेटिभ देखिएको उनको हेटौंडामा पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो ।