२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता


0
Shares

काठमाडौं, बैशाख १४ । पूर्वसचिव भीम उपाध्यायलाई पाँच वर्ष कैद गर्न माग गरिएको छ ।

सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा पक्राउ गरिएका उनलाई सरकारी वकिलको कार्यालयले आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको हो ।

पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा प्रहरीले बुधबार पक्रेको थियो ।

सरकारको आलोचना गरेकै आधारमा उनलाई पक्रेर यसरी मुद्दा लगाइएकामा सरकारको सर्वत्र आलोचना भइरहेको छ ।