२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


वीरगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ५१ पुग्यो


0
Shares

काठमाडौं  । वीरगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणअनुसार थप दुई जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित दुवै जना पर्सा वीरगञ्ज निवासी पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि फिर्ता भइसकेका छन् ।