३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


झापामा ६२ बर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो


0
Shares

काठमाडौं, बैशाख १२ । झापामा कोरोना भाइरस संक्रमित एक जना भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । अब नेपालमा कोेरोना संक्रमितको संख्या ४९ पुगेको छ ।