
भोजपुर, वैशाख १२ । भोजपुरका कोरोना संक्रमित युवालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लाने तयारी गरिएको छ ।
भोजपुर, हतुवागढी गाउँपालिकाका २६ वर्षीय एक युवाको ‘पीसीआर’ विधिमार्फत् परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई विराटनगर पठाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
साउदी अरबबाट फागुन ३० गते काठमाडौं आएका उनी सुनसरी र उदयपुर हुँदै भोजपुर आइपुगेका थिए ।
परीक्षणका लागि ‘र्यापिड किट’ अभाव भएकोले संक्रमित युवासँग घुलमिल गरेका अन्य व्यक्तिको परीक्षणमा समस्या भएको छ ।
हतुवागढी गाउँपालिकालगायत यस गाउँपालिकासँग सिमाना जोडिएका आमचोक, रामप्रसाद राई र पौवादुङमा गाउँपालिकाको नाका ‘सिल’ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्