Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


जसपाको समीक्षा बैठकमा कुटाकुट


2k
Shares

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ ।

जनकपुरधामस्थित होटल बाबामा मंगलबार बसेको बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोप हुन थालेपछि कुटाकुट भएको हो। समीक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी भएको जनाइएको छ ।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तर्घात गरेको आरोप लगाएपछि यादव समर्थकले उनीमाथि कुटपिट गरेको सहभागी एक नेताले जानकारी दिएका छन् ।